Logo
Logo

स्वास्थ्यमा सरुवाः को-कहाँ पुगे ?


1.4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा.चन्द्रभाल झालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरे किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रुपमा सरुवा भएका छन् । डा. झा नारायणी अस्पतालमा थिए । त्यसअघि उनी कोशी अस्पतालका निर्देशक थिए ।

गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ । घिमिरे बाल रोग विशेषज्ञ हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा सरुवा गरिएको छ ।

११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि जिम्मेवारी दिइएको छ । प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिम्मेवारी पाएका छन । कार्डियोलोजिस्ट डा. मनोज कोइरालालाई कोशी अस्पताल पठाइएको छ ।

हाल भने कोइरालालाई काजमा पोखरा पठाइएको छ । मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी, प्याथालोजिस्ट निलम वैद्यलाई भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्