Logo
Logo

‘ओलीका कारण राजावादी सल्बलाए, नयाँ सरकारको छलफल सुरु भइसक्यो’


10.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र छलफल जारी रहेको बताएका छन् ।

आज आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बनाउन छलफल सुरु भएको बताएका हुन् ।

उनले भने, ‘समस्या सडकभन्दा सरकारमै छ। अनियमितिता छ । सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ, गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ ।’

यो प्रारम्भिक छलफल भएकाले आकार ग्रहण गरिनसकेको उनको भनाइ थियो । उनले नेकपा एमालेसँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग हुने पनि बताए ।

माओवादीले केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीकै कारण राजावादीहरू सल्बलाएको बताउँदै आएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000