काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रमुख सचेतक परियारका अनुसार बैठकको मिति र समय भने तय भएको छैन ।
बैठकले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेबाट जानकारी गराएको परियारले बताए । पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिने र दिने काम पनि भएको प्रमुख सचेतक परियारले बताए ।
संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक परियारले बैठकमा जानकारी गराएका थिए ।











