Logo
Logo

शिक्षक महासंघले सरकारसँग वार्ता गर्ने, आन्दोलन नरोक्ने


1.4k
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग वार्ता गर्न तयार भएपनि आन्दोलन नरोक्ने बताएको छ । । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि महासंघको टोलीले सरकारसँग वार्ता गर्न तयार भएको हो ।

यसअघि शिक्षक महासंघले सरकारसँग वार्ता अस्वीकार गर्दै आएको थियो । पटक पटकको आग्रहपछि महासंघ सरकारसँग आज वार्ता गर्न शिक्षक महासंघ तयार भएको हो । तर, वार्ताको समय र स्थान भने तय भएको छैन । दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ ।

महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले संवाद र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताउँदै भनिन्, ‘हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ ।’

महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।
महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकार जो सुकैको होस्, सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल बिछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन् । हामी त्यही सोच र व्यवहार विरुद्ध लडिरहेका छौं ।’

उनले कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन सबै आन्दोलनकारी शिक्षक–कर्मचारी साथीलाई आग्रह गरेको बताए । शिक्षकहरूले पछिल्लो पटक २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
कथरि उपद्रोले चिथोरिरहेको छ । यतिबेला देशका नेताहरू बारम्बार एकाअर्काविरुद्ध चोर औंला उठाइरहेका छन् । एउटाले अर्काको झाँको झार्ने र भए÷नभएका लाञ्छना लगाएर आफू पानीमाथिको ओभानो बन्न प्रतिस्पर्धा नै गरिरहेका छन् ।

हुन त स्वाद परे चाटाचाट र रिस उठे काटाकाट गर्ने गतिलो इतिहास बनाएर यहाँसम्म आएका दल र नेताहरू अहिले आरोपप्रत्यारोपको महायात्रामा लामबद्ध हुनुलाई खासै अनौठो नमानौँ । यद्यपि, यी सबै राजनीतिक दलालहरूलाई हेक्का रहोस्– निरंकुश शासकको निरंकुशताभन्दा लोकतान्त्रिक व्यवस्थाका शासकहरूको निरंकुशता समाज र लोकतन्त्रका लागि झनै खतरनाक र घातक बन्दै गएको छ ।

आफ्नै अभियानमा मधेसतिर हिँडिरहेका प्रचण्डलाई ‘टिआरसी’ को विषय टुंग्याउने भन्दै दिउँसो काठमाडौं बोलाइयो । बेलुकी कुलमान घिसिङको घाँटी थिचियो । यदि प्रचण्ड दिउँसोको बैठकमा नगएको भए ‘द्वन्द्वकालीन मुद्दा समाधान गर्न प्रचण्ड अनिच्छुक’ भनेर रोइलो गरिन्थ्यो । तथापि प्रचण्ड गएपछि ‘टिआरसीलाई कुलमानसँग साटिएको’ लाजमर्दो–अफवाह फैलाइयो ।

आम नागरिकले कसको कुरा मान्ने ? कुलमानको पक्षमा उर्लिने जनसागरलाई थेग्ने हिम्मत नभएको सरकारले उचित समयको जोखाना हेरिरहेको थियो । ठ्याक्कै त्यही मौकामा राजावादी र समाजवादी मोर्चालाई एकैदिन विरोध प्रदर्शनको साइत जुराइदियो । त्यही बर्कोले अहिलेसम्मलाई ‘कुलमान पक्ष’को सम्भावित खतराबाट मुक्ति पाएको सरकारी निक्र्यौल छ ।

भनेपछि ‘आफैँ बोक्सी, आफैँ झाँक्री’वाला यो खेलले नै आजसम्म यी भ्रष्टाचारीहरूलाई जोगाइराखेको सत्य हो ! सडकमा राजतन्त्रको भूत देखाउँदै सत्तामा बसेर देश तहसनहस बनाइरहेका यिनै अनुहारहरू मूलतः आजको व्यवस्थाका प्रमुख दुस्मन हुन् ! यिनीहरूलाई छानीछानी जनस्तरबाटै कारबाही नगरुन्जेलसम्म देशले मुक्ति पाउन र जनताको अवस्था बदलिन असम्भव छ ।

वर्तमान सरकारको अहंकार र आवेगले विवेक प्रयोग गर्न होइन विषाक्त ओकेल्न दम्भ प्रदान गर्छ । शक्तिको दम्भ र अज्ञानताले पूर्वाग्रह तथा प्रतिशोधको भावना जागृत गराउँछ । काठमाडौंका मेयर बालेन साहविरुद्ध योजनाबद्ध प्रहार, रविविरुद्ध पक्राउ पुर्जी, कुलमान घिसिङमाथि अपमानपूर्ण व्यवहार, राज्यका हरेक निकायमा आरोपित व्यक्तिहरूको नियुक्ति–आदि गतिविधिले के देखाउँछ भने– ‘वर्तमान सरकार जनातासँग बडो आतंकित र भयभित’ छ । यसले आफ्नो सर्वनाश नजिकै देखिरहेको छ, त्यसैले भ्याइनभ्याइ–आफ्ना आपराधिक गतिविधिलाई बढवा दिइरहेको छ ।

अर्थतन्त्रको हतासोले यो देशमा सधैँ साहु महाजनकै गुन्द्री बुन्न थालेदेखि चिसो भुईँमा रात काट्ने निर्धाजनहरुको संख्या ह्वात्तै बढेको छ । सत्ता स्वार्थको रंग मिलाएर साहुहरू पटकपटक तालुमा आलु फलाइरहेका छन् । जनतालाई भने जहिल्यै ‘माछो–माछो भ्यागुतो’ बनाइरहेका छन् । दिन दुई गुणा र रात चार गुणाका दरले भ्रष्टाचारमा छलाङ हान्नेहरू ‘भ्रष्टाचारीलाई घृणा गर्नुस्’ भन्दै जनतालाई अर्ति–उपदेश दिन्छन् । ‘म भ्रष्टाचारीको अनुहारसमेत हेर्दैन’ भन्छन् । यत्तिका ‘चोखो’ नेताहरू विश्वभूगोलको गोलाद्र्धमा अन्त कहाँ पाइएलान् र ?

प्रतिक्रिया दिनुहोस्