
काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरेसँग छलफल भएपछि आज महासंघले बैठक बोलाएको हो ।
आज दिउसो ३ः १५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य मााविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।
हिजो मध्यरातमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेसँग छलफल भएको थियो । राती ९ बजेदेखि प्रधानमन्त्रीसँग भएको छलफल करिब २ घण्टा चलेको थियो भने राति नै ११ः ३० बजे सभामुख घिमिरेसँग भेट भएको थियो ।














