Logo
Logo

खेल क्षेत्रमा सरकारले धेरै काम गर्न बाँकी छः सभामुख


315
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको बिकास गर्न सकिने बताएका छन् ।

सोमबार काठमाडौंमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको भौगोलिक अवस्थामा साहसिक खेलकुदको प्रचुर सम्भावना रहेकाले यसमार्फत खेल पर्यटनको बिकास गर्न सकिने र राष्ट्रले आयआर्जन समेत गर्न सकिने बताएका हुन् ।

उनले खेल क्षेत्रको बिकासका लागि सरकारले धेरै प्रयास गरेपनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे । खेलले राष्ट्रियता बलियो बनाउने र देशको नाम विश्वसामू चिनाउने भएकाले यस क्षेत्रको बिकास लागि सवै लाग्नुपर्ने उनले बताए ।

मदन भण्डारी स्पोट्स् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्