काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मिरको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै मोदीले सजाय गरेरै छाड्ने बताए ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ । उसको कल्पना भन्दा धेरै सजाय मिल्छ । सजाय मिल्छ नै ।’
उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी गराए । उनले भने, ‘यो आतङ्ककारी हमलामा कतिले आफ्ना छोरा गुमाएका छन्, कसैले भाइ गुमाएका छन्, कतिले आफ्ना जीवनसाथी गुमाएका छन् ।’
उनले सिङ्गो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएका छन् ।उनले भने, ‘यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।’











