Logo
Logo

इजरायली आक्रमणबाट गाजामा ५० प्यालेस्टिनीको मृत्यु


441
Shares

काठमाडौं । इजरायली आक्रमणबाट गाजा पट्टी कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको गाजाका स्वास्थ्य अधिकारी र राहतकर्मीहरूले जानकारी दिएका छन् ।

उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको छ ।
त्यस्तै जबलियाको अर्द हलावा क्षेत्रस्थित घरमा बम आक्रमण हुँदा १२ जना परिवारका सदस्यको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताइएको छ ।

यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्