Logo
Logo

लिङदेनलाई कांग्रेसको चुनौती- सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले भाटभटेनी लुटपाटका क्रममा रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिएको छ ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताएपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका छोराले रक्सीको बोतल चोरेका हुन् त्यो प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक बन्दा आागलागी, तोडफोड तथा कोटेश्वरको भाटभटेनीमा लुटपाट भएको थियो । सो लुटपाटका क्रममा कांग्रेस नेताका छोरा पनि रक्सि चोर्नमा संलग्न रहेको संसदमै लिङ्देनले बताएपछि घिमिरेले प्रमाणित गर्न चुनौती दिएका हुन् ।

उनले भने, ‘कुन चाहि सहमहामन्त्रीको कुन चाहि छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो ? त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्