Logo
Logo

रिह्याबमा राखिएका व्यक्तिको मृत्यु, सञ्चालकसहित ३ जना पक्राउ


0
Shares

काठमाडौं । प्रहरीले ललितपुरको बडीखेलस्थित रिह्याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको घटनामा ३ जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएका सिन्धुपाल्चोकका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएपछि घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा रिह्याब सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपाल रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्