Logo
Logo

शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गरायो : शिक्षक महासङ्घ


441
Shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताए ।

उनले भने, ‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रूप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन । हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’

बानेश्वरमा शिक्षक र प्रशरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।  झडपम १५ जना बढी शिक्षक घाइते भएका छन् । 

भोलि थप शिक्षक कर्मचारी काठमडौं आउने महासङ्घले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछ । अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस्