Logo
Logo

जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश


315
Shares

काठमाडौं । सर्वोच्च अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न प्रहरीका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न जिल्ला प्रहरी परिसर, ललितपुर र जिल्ला अदालत ललितपुरका नाममा आदेश जारी गरेको हो ।

आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै यादवकी पत्नी ललिता कुमारीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

 ठगी तथा आपराधिक विश्वासघात कसुरमा पार्टीले यादवविरूद्ध मुद्दा दायर गरेको थियो । यादवले आर्थिक अनियमितता गरेको भन्दै पार्टीले उनलाई निष्काशन समेत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्