
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । आज बिहान ग्याँस लिग भई क्यान्टिनमा आगलागी भएको हो ।
आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे पूर्ण नियन्त्रणमा लिएका थिए ।
आगलागीमा सबै सामान जलेर नष्ट भएको र करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमाान गरिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।














