Logo
Logo

दाहसंस्कार गर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव, अविभावक पक्राउ


4.3k
Shares

संखुवासभा । संखुवासभामा दाहसंस्कार गर्न लाग्दा एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बालिकाका अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ ।

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको छ ।

गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।

उनको शव दाहसंस्कारका लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा विहीबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले गोपालकी भाइबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेको छ । घटनाबारे मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्