Logo
Logo

प्रतिनिधिसभा बैठक आज पनि स्थगित


315
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बिहीबार) दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले आधा घण्टाको लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि उनले सदन खुलाउन आफ्नो कार्यकक्षमा अहिले र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेले उपसभामुख इन्दिरा राना मागरसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरेका थिए ।

उक्त छलफलमा पनि सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर बैठक भोलिसम्मको लागि स्थगित गरिएको हो । मंगलबार पनि विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विरोध जनाएपछि सुचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्