काठमाडौं । राजावादी तथा राजसंस्था समर्थकले आजदेखि भद्र अवज्ञा आन्दोलन सुरु गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न ४५ वटा राजावादी–हिन्दुवादीलगाउत समूह एकीकृत भएर आन्दोलनको तयारी गरेका हुन् । रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढाउने राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन समितिले जनाएको छ ।

राजावादीहरु हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना तथा प्रदेश संरचना खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । भद्र अवज्ञा आन्दोलनमा दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने आन्दोलन समतिको तयारी छ ।
आन्दोलनका क्रममा मञ्च खडा गरेर सभा नहुने बताइएको छ । आन्दोलनको अग्रपंक्तिमा शीर्ष नेताहरू रहनेछने भने आन्दोलन शान्तिपूर्ण र सत्याग्रहमा आधारित हुने दाबी आयोजकको छ ।














