Logo
Logo

झापामा चट्याङ लागेर दुई जना घाइते


315
Shares

काठमाडौं । झापामा चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा दुई जना घाइते भएका छन् । बुधबार साँझ चट्याङ पर्दा बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्ना र शिवसताक्षीमा दुई जना घाइते भएका हुन् ।

सट्टाभर्नामा चट्याङ पर्दा ६० वर्षीय पुन्य पौडेल र शिवसताक्षी नगरपालिका– ७ टेक्रा निवासी ४४ वर्षीया डम्बर कुमारी भुजेल घाइते भएका छन् ।

दुबै आँखा र दाहिने हातमा चोट लागेका पौडेलको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ भने भुजेलको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्