
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज तीन जिल्लाका खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएको भन्दै त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन भनेको हो ।
ति क्षेत्र भई वहने विनय खोलालगायत अन्य स–साना खोलामा दिउँसोसम्मै आकस्मिक बहाब बढ्न सक्ने महाशाखाको भनाई छ ।














