काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन् । नेपाल राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले शनिवार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।














