Logo
Logo

ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प गयो


315
Shares

एजेन्सी । ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । हुआलियन शहरबाट लगभग ७१ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको बताएको छ । यता अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ५.९ म्याग्निच्युडको रहेको बताएको छ ।

भूकम्प आउनुभन्दा ठीक अघि मोबाइल फोनमा अलार्म बज्यो र भवनहरू लगभग एक मिनेटसम्म हल्लिएका थिए । यद्यपी भूकम्पबाट अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन ।

प्रतिक्रिया दिनुहोस्