Logo
Logo

अमेरिका-चीनबीच नयाँ व्यापार सम्झौता

चीनले दुर्लभ खनिज दिने, चिनियाँ विद्यार्थीलाई अमेरिका खुला


2k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबीच व्यापार सम्झौताको घोषणा गरेका छन् । ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत चीनसँग महत्वपूर्ण विषयहरुमा सहमति भएको जानकारी दिएका हुन् ।

सम्झौताअन्तर्गत चीनले अब अमेरिकी कम्पनीहरूलाई दुर्लभ पृथ्वी खनिज सामग्री प्रदान गर्नेछ । प्राविधिक उपकरण, स्मार्टफोन र इलेक्ट्रिक कारजस्ता चीजहरूको लागि दुर्लभ पृथ्वी सामग्री धेरै महत्त्वपूर्ण छ । बदलामा अमेरिकाले चिनियाँ विद्यार्थीहरूलाई आफ्ना कलेज र विश्वविद्यालयहरूमा अध्ययन गर्न अनुमति दिनेछ ।

नयाँ सम्झौताले अमेरिकालाई आयात शुल्कको सन्दर्भमा ५५ प्रतिशत लाभ दिइरहेको ट्रम्पले बताएका छन्् । जबकि चीनले केवल १० प्रतिशत लाभ पाउनेछ ।

ट्रम्पले सम्झौताको अनुमोदन गरेपछि अब यो सम्झौतालाई अन्तिम रूप दिन अमेरिका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वीकृतिको पर्खाइमा छ । यसअघि अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले जेनेभामा पहिले भएको सम्झौता र नेताहरू बीचको आपसी वार्तालाई कार्यान्वयन गर्न दुवै देश सहमत भएको बताएका थिए । चीनका वरिष्ठ व्यापार मामिला अधिकारी ली चेङगाङले पनि यही कुरा दोहोर्याएका छन् ।

हालै, दुई देशका राष्ट्रपतिहरूबीच फोन वार्ता भएको थियो । जसले उनीहरू बीचको तनावलाई केही कम गरेको हो । यसअघि दुवैले एकअर्कालाई व्यापार सम्झौताको नियम तोडेको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्