Logo
Logo

डाक्टरहरू बस्ने होस्टेलमा खसेको थियो एयर इन्डियाको जहाज


63
Shares

काठमाडौं । एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा ६१ जना विदेशी नागरिक रहेको जनाइएको छ । जसमा बेलायतका ५३, पोर्चुगलका ७ र एक जना क्यानडाका नागरिक रहेको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

The current image has no alternative text. The file name is: india-5.gif

विमानमा १६९ जना भारतीय नागरिक र १२ जना क्रु मेम्बर रहेको बताइएको छ । बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनको लागि उडान भरेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै बस्तीमा खसेको थियो । विमान डाक्टरहरू बस्ने होस्टेलमा खसेको त्यहाँको प्रहरी अधिकारीले बताएका छन् । उक्त होस्टेलमा ५०९६० जना बस्दै आएको बताइएको छ ।

विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्