Logo
Logo

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासलाई  प्राथमिकता दिन्छ : देउवा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासलाई पार्टीले प्राथमिकता दिने बताएका छन् । शुक्रवार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले कांग्रेसको सानेपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रलाई साकार बनाउने प्रतिबद्धता व्यक्त गरे ।

The current image has no alternative text. The file name is: deuwa-2.gif

सभापति देउवाले समावेशी नेतृत्व विकासका लागि पार्टीको घोषणापत्र र दस्तावेजमा अपाङ्गता सम्बन्धी मुद्दाहरूलाई स्पष्ट रूपमा समेट्नुपर्नेमा जोड दिए । “अबको बाटो सङ्कल्प र कार्यान्वयनको हो, कुरामा होइन, काममा ध्यान दिनुपर्छ,” उनले भने ।
 
उनले ‘ब्यारियर फ्रि लिडरसीप’ जस्ता कार्यक्रमलाई विस्तार गरी समावेशी नेतृत्व विकासमा योगदान पुर्‍याउनुपर्ने बताए । साथै, उनले कांग्रेसको पार्टी कार्यालयलाई पूर्ण रूपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्