काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखेर विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजेको थाहा पाइसकेको बताएका छन् । शुक्रवार १८ दिनपछि कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन रोस्टममा पुगेका उनले उल्टै रास्वपामाथि आरोप लगाएका हुन् ।

‘पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्,’उनले भने, ‘रास्वपाको नाम उल्लेख नगरी उनले भने, ‘कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु ।’
यस्ता अपमानजनक कार्य र नक्कली पीडीत खडा गर्नेलाई पत्ता लगाएर कारबाही गरिने उनको भनाइ छ । ‘तपाईं (रास्वपाका सांसद)का पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्दैछन् यसमा तपाईँहरू सचेत हुनुस्,’ उनले भने, ‘किन भने तपाईंकरू सम्भावना बोकेको हुनुहुन्छ ।’














