
काठमाडौं । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान परेको चट्याङ लागेर गरुडा नगरपालिका– १ जयनगर बस्ने करिब ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो ।
पानी पर्न थालेपछि घर अगाडी बाँधेको बाख्रा सार्ने क्रममा उनलाई अचानक परेको चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका बनियालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर, उनको उपचारकै क्रममा केही बेरअघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।














