Logo
Logo

व्यवसायीलाई धम्काएर रकम असुली गरेको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ


1.6k
Shares

बुटवल । व्यापारीलाई धक्काएर पाँच लाख रुपैयाँ असुलेको खुलेको आरोपमा तीन प्रहरीसहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका दुई सहायक हवल्दार, एकजना सशस्त्र प्रहरीका जवान रहेका छन् ।
साथै, पक्राउ पर्ने अन्य दुईजनाले आफूलाई ‘पत्रकार’ भनेर चिनाउने एक व्यवसायी र अर्को भ्रष्टाचारविरोधी अभियन्ता रहेको प्रहरीले जनाएको छ ।

बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार कोहलपुर नगरपालिका वडा ११ पुरानो बसपार्क नजिकको थ्रिस्टार मोबाइल पसलका सञ्चालक लक्ष्मण कुँवरको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जेठ २९ गते पसल सञ्चालक कुँवरले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए । आफूलाई राजस्वको कर्मचारी बताएको र पाँच लाख नदिए फसाइदिने भन्दै डर–धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेका छन् ।

कुँवरको निवेदनपछि सोहीदिन लुम्बिनी प्रदेश प्रहरीबाट लागुऔषध नियन्त्रणका लागि पाँचै जनालाई पक्राउ गरिएको डिएसपी खनालले बताइन् । उनका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्