Logo
Logo

सुदूरपश्चिम प्रदेशको बजेट भाषण समय सर्यो


756
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण समय सरेको छ । आज आइतबार साँझ ५ बजेका लागि तोकिएको बजेट भाषण समय दुई घण्टा सरेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अब बेलुकी ७ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरिने जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरिसक्नु पर्छ । बजेट तयार गर्नमा ढिलाइ हुँदा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी प्रदेश सभामा बजेट प्रस्तुत गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्