Logo
Logo

बजेटले अनुमान गरेको आम्दानी प्राप्त हुने अवस्था छैन : प्रकाशशरण महत


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले अनुमान गरेको आम्दानी प्राप्त गर्न कठिन हुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

The current image has no alternative text. The file name is: mahat.gif

पूर्वअर्थमन्त्री समेत रहेका महतले अन्तर्राष्ट्रिय अनुदान र वैदेशिक ऋण बजेटमा प्रस्ताव गरिएअनुसार प्राप्त हुने सम्भावना नरहेको बताए । उनले भने, “बजेटले अनुमान गरेको आम्दानी प्राप्त हुने अवस्था छैन । अन्तर्राष्ट्रिय अनुदान हाम्रो प्रस्तावअनुसार आउने सम्भावना छैन, र वैदेशिक ऋण पनि त्यसैगरी कार्यान्वयन हुने अवस्था देखिँदैन । राजस्वको लक्ष्य पहिलेभन्दा घटाइएको छ, तर यो लक्ष्य हासिल गर्न पनि निकै मेहनत गर्नुपर्नेछ ।” 

उनले बजेटमा उल्लेखित आम्दानीका स्रोतहरू जुटाउन कठिन हुने र त्यसले विनियोजनमा समस्या निम्त्याउने स्पष्ट पारे । “बजेटले देखाएको आम्दानी, चाहे ऋण, अनुदान वा राजस्वबाट होस्, प्राप्त नहुने भएकाले विनियोजनमा समस्या आउने कुरामा कुनै शङ्का छैन,” उनले भने । यद्यपि, उनले आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक सुधार गरी केही बचत गर्ने प्रयास गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्