
काठमाडौं । त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
खेल स्कटल्याण्डकाो ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी–२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले र ५ खेल नेपालले जितेको छ । १ खेल भने नतिजाविहीन छ । पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी–२० विश्वकपको खेलमा भिडेका थिए जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो ।
त्यसअघि मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १–१ जित निकाले ।














