Logo
Logo

आज पनि राप्रपाले बहिस्कार गर्यो संसद


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) पनि संसद बैठक बहिस्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो ।

संसद सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले कार्यसूची अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएका थिए । उनले अवरोधका बीच बैठक चलाए आफूहरूले बहिष्कार गर्ने बताउँदै सभामुख घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए ।

‘हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौं, जुन निर्वाचन प्रणालीमा अपवादबाहेक बहुमत प्राप्त गर्न सक्दैनौं। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट भएको पार्टीले पनि नेतृत्व गर्न पाउने व्यवस्था हो’, उनले भने, ‘यसकारण यो संसदमा एक सय सिट भएको पार्टी र एक सिट भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुन्छ ।’

लिङ्देनले गणितमा फरक भए पनि, सरकार बनाउने कुरामा फरक भए पनि कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनाइएको स्मरण पनि गराए । त्यसपछि उनले जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, त्यतिबेलासम्म आफूहरूले यसमा भाग नलिने भन्दै बाहिष्कारको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्