Logo
Logo

सम्पर्कबिहीन डा.श्रेष्ठलाई चाबहिलमा खाेज्दै प्रहरी


2.2k
Shares

काठमाडौं । प्रहरीले फेसबुकमा अलबिदा लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठको खदोजी तीव्र बनाएको छ ।

रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका श्रेष्ठले आज बिहान फेसबुकमा ‘सबै जनालाई अलबिदा’ लेखर सम्पर्कबिहीन भएपछि काठमाडौं परिसर, साइबर ब्यूरो अपराध अनुसन्धानको टोली लगायतले उनको खोजी जारी राखेका हुन् ।

साइबर व्यूरो प्रमुख डीआइजी नविद अर्यालले श्रेष्ठको मोबाइल स्वीच अफ रहेपनि पछिल्लो लोकेशन गोपीकृष्ण हल क्षेत्र देखाएको र चाबहिल क्षेत्रमा खोजीजारी राखिएको जानकारी दिए ।

गैँडाकोट घर भएका श्रेष्ठ काठमाडौँको कपनमा बस्दै आएका थिए । प्रहरीका अनुसार डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केका थिए । उनले राजनीतिका आडमा आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्