काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले बजेटको छलफलमा भाग लिने परिस्थिति बनाउन नसकेको बताएका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङ्देनले संसद् अवरुद्ध भइरहेको अवस्थामा सभामुखले जवरजस्त सदन चलाएर बजेटको छलफलमा भाग लिने परिस्थिति बनाउन नसकेको बताएका हुन् ।

संसदीय मर्यादाबिपरित सदन सञ्चालन भएकाले राप्रपाले बैठक बहिष्कार गरेको उनले बताए । अध्यक्ष लिङ्देनले शान्तिपूर्ण तवरले सदन सञ्चालन नभएसम्म निरन्तर बहिष्कार गर्ने बताए ।
उनले सदनभित्र १ सिटको पनि महत्त्व हुने भएकाले सबैको भावनालाई बराबर रूपमा समेट्नुपर्नेमा त्यसअनुसारको काम हुन नसकेको बताए ।














