Logo
Logo

काज बिदामा त्रिविको कडाइ


189
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले काज बिदालाई कडाइ गरेको छ । त्रिविको कार्यकारी परिषद्ले मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरू नियुक्तिको लागि काज बिदा नदिने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: TU.jpg

प्राध्यापकहरू प्रदेश, गाउँपालिका, नगरपालिका र विभिन्न सङ्घ संस्थामा नियुक्ति खान जाँदा त्रिविको पठनपाठन प्रभावित भएकाले कडाइ गरेको हो । उपकुलपति प्रा.डा खड्ग केसीले भने, ‘अब मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरू काज बिदा नदिने निर्णय गरेका छौँ ।’ 

त्रिविको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा काजमा पठाउन सकिने भन्ने व्यवस्था छ । त्रिविको नियममा कुनै शिक्षक वा कर्मचारीलाई विश्वविद्यालयको एक सङ्गठन वा निकायबाट अर्को सङ्गठन वा निकायमा र विश्वविद्यालयबाहिरको कुनै सरकारी वा गैरसरकारी कार्यालयमा काजमा पठाउन सकिने व्यवस्था थियो । यो नियमलाई त्रिविले कडाइ गर्ने भएको हो । 

प्रतिक्रिया दिनुहोस्