Logo
Logo

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


315
Shares

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लवामा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

सोमबार दिउँसो माथिबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको हो । अहिले पनि त्यहाँ पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

पहिरो खस्न रोकिएपछि मात्रै सडकको अवरोध हटाउने तयारी भएको प्रहरीले जनाएको छ । पहिरोमा रोकिएका सवारी साधन तथा यात्रुहरुलाई पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्