Logo
Logo

सिन्धुपाल्चोकका ३ ठाउँमा पहिरो गयो, अरनिको राजमार्ग बन्द


693
Shares

काठमाडौं । सिन्धुपाल्चोकको तीन स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार रातिको वर्षाले भोटेकोशी गाउँपालिका–२ को कोदारी र कोप्लाङ तथा वडा ३ को लार्चामा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

पहिरो पन्छाउने काम भइरहेकाले राजमार्ग पूर्ण रुपमै बन्द रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सडक बन्द भएपछि सवारीसाधन सडकमै लाइन लागेका छन् भने यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्