काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोली (बुधवार) बिहान साढे ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बैठकमा तीन हप्तायता जारी संसद्को अवरोध, बजेटलगायतका विषयमा कुराकानी हुने जनाएको छ । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन् ।














