Logo
Logo

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मङ्गलवार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, भीमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट भने ८ जनाले बहस गरेका थिए ।

The current image has no alternative text. The file name is: Rabindra-Mishra.jpg

मिश्रको पक्षबाट धरौटीको माग नगरी साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर गरिएको छ । बहस सकिएसँगै इजलास आदेश लेखनमा जुटेको छ ।

थुनछेक बहसको अन्त्यमा मिश्रले आफ्नो भनाइ राखेका थिए । उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरे । साथै, आमाको हेरचाह गर्नुपर्ने जिम्मेवारीले आफू कतै नभाग्ने जिकिर गरे । यसअघि गत वैशाख १० गते जिल्ला अदालत र जेठ २ गते सर्वोच्च अदालतमा पनि उनले आमाको कसम खाएका थिए ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलवार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । गत जेठ ११ गते उनलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

तीनकुने घटना भएको चैत १५ को राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए, जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशपछि हाजिरी जमानीमा रिहा भएका मिश्र त्यसयता सम्पर्कविहीन थिए । सोही मुद्दामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सोमबार ३ लाख धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्