Logo
Logo

सेबोनका अध्यक्ष श्रेष्ठको रिट निवेदन खारेज


504
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुईवटा सञ्चार माध्यमविरूद्ध नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदन खारेज गरिदिएको छ ।

बिहीबार जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले श्रेष्ठको निवेदन खारेज गरेको बिजमाण्डुका सम्पादक विज्ञान अधिकारीले जानकारी दिए । उनका अनुसार सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञाको निवेदन खारेज हो ।

जिल्ला अदालतको यो आदेशसँगै बिजमाण्डु र नेपालखबरले यसअघि प्रकाशित समाचार अब हटाउन नपर्ने भएको छ । नेपालखबर र बिजमाण्डुमा समाचार प्रकाशित भएपछि समाचारले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै श्रेष्ठ अदालत गएका थिए ।
उनको निवेदनमा जेठ २७ मा एकपक्षीय सुनुवाइपछि न्यायाधीश पिताम्बर शर्माको इजलासले श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप समाचार नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश मौर्यको इजलासले निवदेन नै खारेज गरिदिएपछि यसअघिको अल्पकालीन अन्तरिम आदेश स्वतः निष्क्रिय भएको छ । अदालतले प्रकाशित भइसकेको समाचार हटाउन भन्दै यसअघि दिएको आदेशको सर्वत्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्