Logo
Logo

जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्