Logo
Logo

सिन्धुली-खुर्कोट सडकखण्ड राति बन्द


630
Shares

सिन्धुली । विपी राजमार्गको सिन्धुली–खुर्कोट सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

वर्षाका कारण सडक प्रभावित हुने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि उक्त खण्डमा सवारी साधनलाई निषेध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्मलाई निषेध गरिएको जनाएको हो ।

विपतको अवस्था सिर्जना हुने भएकोले रातिको समयमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय काभ्रे, सिन्धुली र रामेछापको संयुक्त बैठकले यो क्षेत्रमा रातिको समयमा सवारी साधनलाई निषेध गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्