Logo
Logo

बाढीले नारायणगढ-बुटवल सडक पूर्ण अवरुद्ध


945
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाइभर्सन बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक बाटो पनि अवरूद्ध भएपछि सो सडकखण्डमा सवारी साधन ठप्प भएको हो । विनयी खोलाको डाइभर्सन बगाएपछि होङ्सी गेट–सर्दी हुँदै ज्यामिरे राजमार्ग जोड्ने वैकल्पिक मार्ग भएर सवारी आवातजावत गराइएको थियो ।

तर, सोमबार बिहान करिब साढे ७ बजेतिर परेको भारी वर्षातका कारण विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरंगे खोलामा सवारी साधन आवतजावत गर्नै नसक्नेगरी बाढी आएपछि सो सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी मधु नेपालले जानकाारी दिए ।

प्रतिक्रिया दिनुहोस्