Logo
Logo

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता चाँडै उठ्छ : ऊर्जामन्त्री


252
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर र ट्रंकलाइन बापतको बक्यौता रकम चाँडै उठ्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधसभा बैठकमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले प्रक्रिया सुरु भइसकेकाले नियमसंगत रुपमा बक्यौता उठ्ने बताएका हुन् ।

‘डेडिकेटेड लाइनको विषयमा प्राधिकरणले गर्नुपर्ने विषय हो । लामो समयदेखि अड्केको कारणले सरकारले लाल आयोगलाई आधार मानी प्रक्रियागत रुपमा बिजुली खपत गरेको हिसाबमा एकीन गरी तत्काल पैसा उठाउन निर्देशन भएको थियो । उहाँहरुले प्रक्रिया सुरु गर्नुभएको छ । नियमसंगत रुपमा संकलन हुन्छ,’ उनले भने ।

त्यस्तै उनले बजेटमा आएको ’टेक एन्ड पे’को व्यवस्था संशोधन हुने बताए । मन्त्री खड्काले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्