Logo
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बैठक सरेको छ । यसअघि असार १५ गतेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै कांग्रेसले एक दिन पछि सारेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अब असार १६ गते सोमबार केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, एमालेसँगको सहकार्य र सरकारको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल हुने बताइएको छ ।

मालेसँग सत्ता सहकार्य थालेको एक वर्ष पुग्दैछ । यो बीचमा कांग्रेसभित्र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुँदै आइरहेको छ । बैठकमा त्यसबारेमा पनि समीक्षा हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्