Logo
Logo

टिकटकर रमा बस्नेतको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट


2.5k
Shares

काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर भएको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको उक्त निवेदनमाथि मङ्गलवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ ।

बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको साइबर ब्यूरोविरुद्ध निवेदन दायर गरेका हुन् ।

प्रहरीले रमालाई विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो । रमाले बनाएका केही भिडियोले उक्त ऐनको उल्लङ्घन गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्