Logo
Logo

‘नेपालको न्यायालयले पत्रकारिता क्षेत्रलाई प्रतिशोधको दृष्टिले हेर्यो’


378
Shares

काठमाडौं । पत्रकार महासंघ काठमाडौं शाखाले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा उपस्थित हुन आदेश दिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको बताएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं शाखाले दृष्टि न्यूजलाई तीन दिनभित्र उपस्थित हुन आदेृश दिएको घटनाले नेपालको न्यायालयले पत्रकारिता क्षेत्रलाई प्रतिशोधको दृष्टिले हेर्दै आएको गम्भीर संकेत प्रकट भएको उल्लेख गरेको हो ।

‘विचौलिया, भ्रष्टाचार र न्यायपालिकाभित्र देखिएका अपारदर्शी अध्यासामााथि प्रश्न उठाउनु स्वतन्त्र पत्रकारको धर्म हो । यस्ता तथ्यहरु उजागर गर्नु पत्रकारिताको मूल मर्म हो । यस्ता सामग्रीहरुमाार्फत जनताले न्याय प्रणालीको यथार्थ बुझ्न पााउने अवसर पाउँछन् । तर, तथ्यमा आधारित समाचार लेखेकै कारण पत्रकारलाई अदाालतमा उपस्थित हुन आदेश दिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात हो,’ विज्ञप्तिमा भनिएको छ ।

साथै शाखाले समाचार सम्पादन र प्रकाशनको विषयमा अदालतले हस्तक्षेप गर्ने प्रवृति बन्द गर्न भन्दै विशेष अदालतको आदेशप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।

विशेष अदालतको पूर्ण इजलास(फुलकोर्ट)को मंगलबार बसेको इजलासले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बा र संवाददाताको नाममा तीन दिनभित्र उपस्थित भएर जवाफ पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्