Logo
Logo

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


378
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । गत असार १२ गतेका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित गरिएको प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै जाानकारी दिइको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बजेटमाथिको छलफल र त्यसपछि हुने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै सांसदहरूबिच असन्तुष्टि देखिएको छ । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् । कांग्रेस सांसदको बजेट माथिको असन्तुष्टिका कारण संसदीय दलको बैठक नै प्रभावित भएको थियो ।

नेपाली कांग्रेसका सांसदहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष देखिएको छ । केही सांसदहरूले बजेट संशोधनको माग गर्दै सार्वजनिक रूपमा असहमति जनाइसकेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । जसमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्