Logo
Logo

शिक्षा विधेयकमा कुनै षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी


1.3k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले असार १५ गते पारित गर्ने सहमति भएपनि शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।

राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता भएको थियो ।

तर तोकिएको मिति सकिँदासमेत विधेयक संसदमा पेश नभएसँगै देशभरका शिक्षक र कर्मचारीहरू सशङ्कित र आक्रोशित बनेको महासंका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्