Logo
Logo

महिलाको अश्लील भिडियो बनाएर बेच्ने २९ वर्षीय युवक पक्राउ


630
Shares

काठमाडौं । महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल टोखा बस्दै आएका २९ वर्षीय रमेश थापा रहेका छन् ।

उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषलाई भिडियो कलमा लिएर अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसक्रममा महिलाको अश्लील सामग्री बनाएर बिक्रीवितरण गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनका गतिविधिबारे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो । उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्