Logo
Logo

कैलालीमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु


315
Shares

काठमाडौं । कैलालीको धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ सी गाउँमा घर नजिकैको खाल्डोमा डुबेर स्थानीय राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठको मृत्यु भएको हो ।

मंगलबार राति खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्