Logo
Logo

दमक ‘लकडाउन’, अत्यावश्यकबाहेक घरबाहिर निस्कन बन्द


- दृष्टि न्युज/संवाददाता


झापा, ३२ साउन । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आइतबार रातिदेखि लागू हुनेगरी एक हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिए ।
बन्दाबन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो । हिजो दमकमा एकैपटक सात जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै दमकमा संक्रमितको संख्या २० पुगेको छ । संक्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना संक्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्